
यस जि.आइ. सोलार लिमिटेड का सञ्चालक समितिको मिति 2081/12/27 गतेको निर्णय अनुसार, विशेष साधारणसभा निम्न मिति, समय, र स्थानमा आयोजना हुने जानकारी सम्बन्धित शेयरधनी महानुभावहरूलाई उपस्थिति लागि यो सूचना प्रकाशित गरिएको छ।
विशेष साधारणसभा हुने मिति, समय र स्थान
- मिति: 2082 साल जेठ 12 गते, शुक्रबार
- समय: बिहान 10:00 बजे
- स्थान: कम्पनीको रजिष्ट्रर कार्यालय, ल.पु.जि.ल.पु.म.न.–01
साधारण सभामा प्रस्तुत हुने प्रस्तावहरू:
- कम्पनीको सञ्चालक समितिको समूह (क्लास) तथा सर्वसाधारण शेयरधनी समूह (क्लास) सम्बन्धी संशोधन प्रस्ताव पेश गर्ने र स्वीकृत गर्ने सम्बन्धमा निर्णय गर्ने।
- कम्पनीको नाम, उद्देश्य र नियमावलीमा आवश्यक परे संशोधन–प्रस्ताव पेश गर्ने र निर्णय गर्ने।
- आवश्यक अन्य प्रस्तावहरू पेश गर्ने।
जि.आइ. सोलार लिमिटेड
ल.पु.जि.ल.पु.म.न.–01