
यस जि. आई सोलार लिमिटेडको सञ्चालक समितिको मिति २०८१/०४/०७ गतेको निर्णय अनुसार वार्षिक साधारणसभा निम्न लिखित मिति, समय, र स्थानमा बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरूलाई उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ।
वार्षिक साधारणसभा हुने मिति, समय र स्थान
- मिति: २०८१ पौष २८ गते
- समय: बिहान १०:०० बजे
- स्थान: कम्पनीको रजिष्टर्ड कार्यालय ल.पु.जि.ल.पु.म.न.पा.-०१
साधारण सभाका प्रस्तावहरू:
१) कम्पनीको हालसम्म गतिविधिहरुको समितागत समिक्षा।
२) आ.व. २०८०/८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन पारित बारे।
३) आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनसहितको वार्षिक तथा नाफा नोक्सान हिसाब पारित बारे।
४) आगामी आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने।
५) सञ्चालक समितिको कार्यकालको समिक्षा।
६) विविध।
जि. आई सोलार लिमिटेड
ल.पु.जि.ल.पु.म.न.पा.-०१